• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा बिना अनुमती अनुदानको मल बढि मुल्यमा बिक्री

  •    शुभेच्छा न्यूज  /१ कार्तिक २०८०, बुधबार २०:१० ,  प्रकाशीत
  • पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढि मुल्यमा बिक्री वितरण गरेको फेला परेको छ ।

    सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मलमा झण्डै दोब्बर मुल्यमा बिक्री गरेको फेला परेको हो । अनुदानको मल तोकिए भन्दा बढि मुल्यमा किसानलाई बिक्री गरेको गुनासो आउने बित्तिकै पोखरा महानगरपालिकाका उपप्रमुख एंव अनुगमन समितिका सयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा अनुगमन गर्दा मल बिक्रीका लागि अनुमति पनि नभएको र बढि मुल्यमा बिक्री गरेको फेला परेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    महानगरले पोखरा ५ का पाँच वटा कृषि सामाग्री भण्डारमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बढि मुल्यमा मल बिक्री गरेको, विना अनुमति विउविजन र विषादी बिक्री गरेको भेटिएको छ ।

    पोखराको मालेपाटनमा संचालनमा रहेको कोइराला कृषि सामाग्री भण्डारले मल बिक्रीका लागि अनुमति पनि नलिएको बढि मुल्यमा बिक्री गरेको हो । सरकारले अनुदानमा उपलव्ध गराएको मल प्रतिकिलो १८ रुपैयाँ बढि मुल्य लिएर बिक्री गरेको हो ।

    डिपोको दुरीका आधारमा अनुदानको मलको बिक्री मुल्य पोखरा महानगरले निर्धारण गरेको छ । पोखरा–५ भित्र अनुदानको मल बिक्रीका लागि प्रतिकिलो २२ रुपैयाँ निर्धारण गरिएको भएपनि ४० रुपैयाँमा बिक्री गरिएको अनुगमनका क्रममा फेला परेको छ । त्यस्तै कोइराल कृषि भण्डारले मल बिक्री अनुमति पत्र समेत नलिएको, महानगरमा दर्ता नगरेको, बिक्रेताले बिक्री र स्टकको प्रत्येक लट अनुसारको लगत नराखेको तथा खरिद र बिक्री विल समेत नभएको भेटिएको छ ।

    अनुगमनमा पोटास १ बोरा, डिएपी ९ बोरा र युरीया साँढे ६ बोरा भेटिएको छ । अनुुगमनमा भेटिएको मल जुन ठाँउबाट किनेको हो, त्यही फिर्ता गर्ने र सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ ।

    त्यस्तै पोखरा ५ कै आर्दश कृषि सामाग्रीले पनि विना अनुमति अनुदानको मल बिक्री गरेको छ । अनुगमन टोलीले खरिद र बिक्री बिल नभएको र बढि मुल्यमा बिक्री गरेको भेटिएको हो । अनुमति बिना विक्री गरेको र युरिया ३५, डिएपी ५५ र पोटास ४५ रुपैयाँमा बिक्री गरेको फेला परेको महानगरले जनाएको छ ।

    अनुगनका क्रममा पोटास २ बोरा, युरिया साँढे २ बोरा र डिएपी साँढे ४ बोरा फेला परेको छ । फेला परेको मल सम्वन्धित ठाँउमा फिर्ता गरेर बिहिबार कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिएको छ ।

    यता पोखरा ५ मा रहेको सुरक्षा कृषि सामाग्री भण्डाले मल विक्री गरेको तर बिल बिजक जारी नगरेको र विउविजन, विषादी बिक्रीका लागि अनुमति पत्र देखाउन नसकेका कारण सम्पूर्ण कागजपत्र लिएर बिहिबार जिल्ला कार्यालय आउन निर्देशन दिइएको छ भने, पोखरा ७ मा सञ्चालनमा रहेको शोभा ट्रेड्र्स कृषि औजार भण्डारले अनुमति विना विउविजन विक्री वितरण गरेको फेला गरेको र अनुमति लिएर मात्रै बिक्री गर्न अनुरोध गरिएको महानगर कृषि महाशाखा प्रमुुख मनहर कडरियाले जानकारी दिए ।

    विना अनुमति अनुदानको मल बढि मुल्यमा बिक्री गर्नेहरुलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको र कारबाही त्यहीबाट हुने प्रमुख कडरियाले बताए ।

    अनुगमनमा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला,महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, महानगर कृषि महाशाखाका शिवसिह धामी सहितको टोलीले अनुगमन गरेको हो ।

    ‘बिना अनुमती मल व्यवस्थापन समितिले तोकेको मुल्य भन्दा दोब्बरमा किसानको परिचय समेत नखुलाई बिक्री गरेको पाइएकाले । थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छौ’ प्रमुख कडरियाले जानकारी दिए ।

    गत साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो । मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मुल्य निर्धारण गरेको छ ।

    डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ । पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन् ।पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.