पोखरामा दसैँ केन्द्रित मासु पसल अनुगमन गरिएको छ । पोखरा महानगरपालिकाले बिहीबार ८ वटा मासु पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा ४ वटा पसलले बदमासी गरेको भेटिएको छ । उनीहरुलाई ५ देखि २० हजारसम्म जरिवाना गरिएको अनुगमन टोलीका सदस्य भरतराज पौडेलले जानकारी दिए । उनका अनुसार एकै दिनको अनुगमनमा ६५ हजार जरिवाना गरिएको छ ।
ती पसलबाट १२ हजार ६ सय को मासु नष्ट गरिएको उनले बताए । पोखरा ७ मा रहेको सेभेन स्टार फुड एन मार्ट, पोखरा ६ को पोखरा मिटमार्ट र पोखरा १७ को फ्रेस हाउसलाई प्रति पसल २० हजारका दरले जरिवाना गरिएको छ । पोखरा १७ कै इम्रान फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको छ ।
पोखरा–१७ मा रहेको फ्रेस हाउसले मासु, फलफूल, तरकारी, दुग्धजन्य वस्तु एकै फ्रिजमा राखेर बिक्री गरेको तथा म्याद गुज्रेका सामान बेचेको भेटिएको थियो ।
यता पोखरा मिट मार्टले लेवल नखुलेको बट्टाई र बंगुरको मासु प्याकिङ गरेको तथा अन्य सामग्री सँगै राखेर बेचेको भेटिएको थियो । नापतौलमा किलाकाँटा पनि दर्ता नगरेको, पसल सञ्चालनका लागि महानगरबाट अनुमति नलिएको, बहाल कर नतिरेको कारण चर्को जरिवाना गरिएको हो ।
सेभेन स्टार फुड एण्ड मार्टमा म्याद गुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नवीकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको लगायत समस्या भेटिएको थियो ।
इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुखुरा, बंगुरलगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री गरेको पाइएको थियो ।
पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस, शुभ दाङ भ्याली फ्रेस हाउस, न्यु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नवीकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको र सरसफाइमा ध्यान दिनुपर्नेमा सचेत गराइएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको संयोजकत्वमा खटिएको टोलीमा प्रदेश र पालिका तहका कर्मचारीहरु सहभागी थिए ।
टोलीले हालसम्म ४५ वटा विभिन्न पसलमा अनुगमन गरेर २० वटा लाई जरिवाना गराएको छ ।

Related