• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको ६० पसलमा अनुुगमन, १५ हजार जरीवाना

  •    शुभेच्छा न्यूज  /३ कार्तिक २०८०, शुक्रबार १५:५१ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले शुक्रबार महानगरभित्र सञ्चालित मासुु र खाद्यान्न पसलमा अनुुगमन गरेको छ ।

    पोखरा महानगरपालिका उपप्रमुख एवं बजार अनुुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङको नेतृत्वमा पाँच वटा समुह बनाएर महानगरका १४ वटा वडाका मासु र खाद्यान्न गरी ६० पसल अनुुगमन गरेको हो ।

    दुुई पासु पसल र एक खाद्यान्न पसललाई १५ हजार जरिवाना समेत गरेको छ । पोखराका वडा नम्वर १,२,४,५,६, ७,१०, ११,१२,१३,२४,१५,३० र ३१ नम्वर वडामा सञ्चालनमा रहेका मासु र खाद्यान्नका ६० वटा पसलमा अनुुगमन गरेको हो ।

    अनुुगमनमा सम्वन्धि वडाका वडाअध्यक्ष, वडा सदस्यहरु सहित महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, महानगर सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, पशुु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशुु स्वास्थ्य अधिकृत झलककृष्ण भण्डारी, पशुु स्वास्थ्य अधिकृत एकनारायण ढकाल, पशु सेवा अधिकृत राजेन्द्र लामिछानेको नेतृत्वमा खटिएको टोलीले १४ वटा वडामा अनुुगमन गरेको हो ।

    अनुुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुुकुन्दराज पौडेल, गुुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुुनाथ पौडेल, महानगर पुश सेवा शाखाका पुष्पराज अधिकारीको सहभागीतामा अनुुगमन गरिएको हो ।

    अनुुगमनका क्रममा पसल दर्ता÷नविकरण नगरेको, बहाल कर नतिरेको, सरसफाईमा ध्यान नदिएको फेला पारेको हो ।

    अनुुगमन टोलीले पोखरा–४ मा सञ्चालनमा रहेको मोहमद फ्रेस हाउस, पोखरा–४ कै जमाल फ्रेस हाउस, पोखरा–२ को सक्षम किराना स्टोर्सलाई ५÷५ हजार जरीवाना गरिएको छ ।

    मोहमद फ्रेस हाउस र जमाल फ्रेस हाउसबाट बासीको बोसो दश केजी, बोकाको टाउको एक वटा र सक्षम किराना पसलबाट म्याद नाघेका बदम जुुस दुुई बटटा गरी १५ मुल्य बराबरको मासुु र जुस नष्ट गरिएको महानगर बजार अनुुगमन समितिले जनाएको छ ।

    अनुुगमनका क्रममा पसल फोहोर र अब्यवस्थित, व्यवसाय दर्ता नगरेको, कुुखुरा, खसि, कालिज लगायत सबैको मासु एकै ठाँउमा राखेर बेचबिखन गरेको, बधशाला नभएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(क), (ख), (ग) बमोजिम ५ हजार जरिवाना गरेको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोेटाले बताए ।

    अनुुगमनका क्रममा दर्ता नभएका र मापदण्ड पुरा नगरेका पसललाई पोखरा महानगरपालिका, नापतौल तथा गुणस्तर कार्यालय र सम्वन्धित वडा कार्यालयमा कात्तिक १२ र १३ गते भित्र उपस्थित हुन लिखित निर्देशन दिइएको छ ।

    पोखरा महानगरले गत वर्ष अनुुगमन गरेपछि बजारमा सुधार देखिएको भएपनि जति हुनुुपर्ने हो, त्यती नभएको महानगरका उपप्रमुख मञ्जुुुदेवी गुुरुङले बताइन् ।

    उनले पसल विना दर्ता सञ्चालन भएको पाइएकाले वडा कार्यालयहरुले अनुुगमन गर्नुपर्ने र महानगरले पनि निरन्तरता दिने बताइन ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.