पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, २ जना घाइतेको उपचार हुदै
तपाईको प्रतिक्रिया





पोखरामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
बिहिवार साँझ पोखरा महानगरपालिका २५ फुर्केटारी चोकमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
ग १६ प २९१ नम्बरको मोटर साइकल र बागमती प्रदेश ०२ (०१६ प ७०८४ नम्बरको मोटर साइकल ठोकिएर दुर्घटना हुदा दुबै मोटर साइकलमा सवार घाइतेहरुलाई अस्पताल लगेको एक जनाको मृत्यु भएको हो ।
ग १६ प २९१ नम्बरको मोटर साइकल चालक गोरखा पालुङटार घर भएका ३० बर्षीय शुक्रराज श्रेष्ठको बिहिवार साती मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०२(०१६ प ७०८४ नम्बरको मोटरसाइकल चालक र सोही मोटर साइकलमा पछाडी सवार व्यक्तिको उपचार भईरहेको प्रहरीले जनाएको छ।
Related