• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पुतली बाजेको नामले परिचित कोलिन स्मिथको ८७ वर्षको उमेरमा निधन

  •    शुभेच्छा न्यूज  /१८ कार्तिक २०८०, शनिबार ११:२९ ,  प्रकाशीत
  • पुतली बाजेको नामले परिचित कोलिन फिलिप स्मिथको निधन भएको छ।

    पोखराको नयाँ गाउँस्थित चर्चमा बस्दै आएका स्मिथको आज बिहान ३ बजे निधन भएको छ। ‘पुतली बाजे’ को नामले परिचित स्मिथको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएकाे हाे।

    सन् १९७२ मा शिक्षणका लागि बेलायतबाट नेपालका आएका स्मिथ यतै बसेका हुन्। गणित पढाउन आएको भए पनि उनको रुचि पुतलीमा थियो। त्यसपछि उनले पुतली अध्ययनमै जीवन अर्पण गरेका थिए।

    स्मिथको पोखरा स्थित हरियो खर्क अस्पतालमा उपचार भइरहेको थियो । उनले २०७६ मङ्सिरमा नेपालको सम्मानार्थ नागरिकता पाएका थिए ।

    युवा उमेरदेखि नेपालमै बसेर पुतलीको अध्ययन अनुसन्धानमा खटिएका स्मिथ बेलायत नफर्किने निर्णयसँगै नेपालमा रोकिएका हुन् ।

    स्मिथ सन् १९३६ नोभेम्बर २४ मा बेलायतको लन्डनमा जन्मेका हुन् । उनी सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षणका लागि नेपाल आएका थिए । गोरखा, काठमाडौं र पोखराका विद्यालयहरुमा उनले अध्यापन गरे । पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई समेत स्मिथले अध्यापन गरेका थिए ।

    उनले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पृथ्वीनारायण (पीएन) क्याम्पस, एक्याप, इन्टरन्याशनल माउन्टेन म्यूजियम, फरेस्ट्री क्याम्पस, लिर्बड लगायत संस्थामा पुतलीसँग सम्बन्धित विषयमा काम गरेका थिए। उनले पुतलीको खोज तथा अनुसन्धान गर्नुअघि पनि नेपालमा अध्ययन हुने गरेको त थियो तर विदेशबाट आएकाहरूले नेपालको पुतली संकलन गर्थे र विदेश लैजान्थे।

    नेपालको पुतली नेपालमा नै रहनुपर्छ भन्ने उनको मान्यता थियो। त्यसैले कोलिनको पहलमा पीएन क्याम्पस पोखरामा अन्नपूर्ण नेचुरल हिस्ट्री म्यूजियममा उनले संकलन गरेका पुतली र निशाचर पुतली (मोथ्स) संगृहीत छन्। हाल संग्रहालयमा नेपालका ६६० प्रजातिका पुतली र निशाचर पुतलीको संकलन छ।

    स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्। उनले २०७६ मा मानार्थ नेपाली नागरिकता पाएका थिए। नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.