• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेदीखोला समाजको अध्यक्षमा लामिछाने

  •    शुभेच्छा न्यूज  /१८ कार्तिक २०८०, शनिबार १९:४३ ,  प्रकाशीत
  • वृहत फेदीखोला पोखरा सम्पर्क समाजको चौंथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले जगदिश लामिछानेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

    समाजको प्रथम उपाध्यक्षमा विजय पौडेल, दितिय उपाध्यक्षमा लाल कार्की अन्जान, सचिवमा मिनप्रसाद सुवेदी, सहसचिवमा कुलबहादुर रानाभाट (मन), कोषाध्यक्षमा जित बहादुर क्षेत्री (राजकुमार) र सदस्यहरुमा रोहिणी पौडेल, देवीका कार्की अधिकारी, प्रेमसागर पौडेल, सिता तिमिल्सिना, नरेन्द्र कार्की, गंगा पराजुली कुँवर, दिपेन्द्र पौडेल, अभिषेक सुवेदी र अनिश गौतम चयन भएका छन् ।

    नयाँकार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक टंक प्रसाद पौडेल, सदस्यहरु रनबहादुर विश्वकर्मा र नारायण पनेरुले सपथ ग्रहण गराएका थिए ।

    कार्यक्रमको प्रमुख अतिथि फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गर्दै समाजका हरेक कार्यक्रमहरु फेदीखोला गाउँपालिकाको योजना अनुरुप संचालन गर्न अनुरोध गर्दै आफु र पालिकाको तर्फबाट सहयोग गर्न तत्पर रहेको वताए ।

    साथै उनले पालिकामा संचालन भएका योजना तथा भावी कार्यक्रमहरुको बारेमा पनि विस्तृत रुपमा जानकारी दिएका थिए ।

    संस्थाका संस्थापक अध्यक्ष तथा फेदीखोला गापा वडा नं. २ का अध्यक्ष अविलाश गुरुङले स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा थातथलो भई पोखरामा वसोवास गर्नेहरुको साझा संस्थाको रुपमा वृहत फेदीखोला पोखरा सम्पर्क समाज स्थापना गरिएकोले समाजले आपसी चिनजान तथा सहयोग आदनप्रदान गर्दै फेदीखोलाको विकासमा योगदान गर्ने लक्ष्य लिएको वताए ।

    सो अवसरमा समाजसेवी प्रेम प्रसाद गौतम, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सम्मानित फेदीखोले चेली समिक्षा खत्री, अक्षयकोषदाताहरु पुण्यप्रसाद सुवेदी र डा. चन्द्रबहादुर गुरुङलाई सम्मान पत्र, दोसल्ला र अविर लगाई सम्मानित गरिएको थियो ।

    समाजका अध्यक्ष कृष्णबहादुर क्षेत्रीले संस्थाले आफ्नो उद्धेश्य अनुसारनै कार्य गर्दै गएको र कार्य गर्न साथ र सहयोग पनि पाएको वताउँदै आगामि दिनहरुमा पनि संस्थाको उत्तरोत्तर प्रगतिको लागि कार्य गर्ने वताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.