कास्की जिल्ला अदालतले छुवाछुत आरोपित पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद फैसला सुनाएको छ।
०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका अधिकारीलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसाला गरेको हो ।
फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिवाना भनिएपनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
योसँगै अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडित महिनालाई क्षतिपूर्ति दिनुपर्ने छ । ।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवानामा ५० प्रतिशत थप गरेर बिहीबार फैसला सुनाएको हो।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ अनुसार जनप्रतिनिधि भएकाले उनलाई ५० प्रतिशत थप सजाय अदालतले तोकेको हो। अधिकारीले पीडित वडा सदस्यलाई १० हजार रुपैयाँ थप क्षतिपूर्ति दिनु पर्नेछ।
सदस्य नेपालीको जाहेरीपछि वडाध्यक्ष अधिकारी गत वर्ष २६ पुसमा पक्राउ परेका थिए। अदालतले उनलाई गत ९ माघमा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको थियो। १० महिनापछि अन्तिम फैसला सुनाउँदै अदालतले वडाध्यक्ष अधिकारीलाई कैद र जरिवाना तोकेको हो।
पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन्।

Related