• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईले दिए १ लाख

  •    शुभेच्छा न्यूज  /११ मंसिर २०८०, सोमबार २१:३२ ,  प्रकाशीत
  • नेपाल पत्रकार महासंघ गण्डकीका पूर्व अध्यक्ष तथा तत्कालीन केन्द्रिय सदस्य स्व.त्रिभुवन पौडेलको स्मृतिमा स्थापना भएको अक्षयकोषमा उनका पूर्व सहकर्मी रामचन्द्र राईले १ लाख सहयोग गरेका छन् ।

    राईले स्व.पौडेलको निधन भएको १३ दिनमै उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

    राईकी छोरी प्राप्ती राई र पत्रकार अपिल त्रिपाठीले उक्त रकमको चेक महासंघका प्रदेश महासचिव गोविन्द सुवेदीलाई हस्तान्तरण गरेका हुन् । महासंघ गण्डकीले उक्त अक्षयकोष स्थापना गरेको हो ।

    महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पौडेलको सक्रियता र सकारात्मकता सबै पत्रकारका लागि प्रेरणा भएको बताइन् ।

    पौडेलको स्मृतिमा त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान पनि गठन भएको छ । अक्षयकोषको रकम पत्रकारिताको विकासमा प्रयोग गरिने महासंघका महासचिव सुवेदीले बताए ।

    राईले अक्षयकोषको विस्तारका लागि आफुले सुरुआत गरेको बताए । उनले जन्मदिनको अवसरमा रकम पठाएका हुन् ।

    पौडेलको गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएको थियो । कोषमा हालसम्म साढे ४ लाख भन्दा बढी संकलन भैसकेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.