तनहुँमा बस दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । २ दर्जन भन्दा बढी घाइते भएका छन ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान दुर्घटना हुदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेका प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा ३४ यात्रु घाइते भएका छन्।
घाइतेमध्ये ५ जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये धनकुटाका सन्तोषकुमार राई, कास्कीका भोजराज सुनार, धनकुटा साँगुरीगढीका जुनारसिंह राई,तीर्थबहादुर राई, लक्षु राई, सहचलक अजित परियार, सप्तरी महादेवका शम्भु यादव, बस चालक प्यूठान सरुमहारानीका होमलाल पल्ली मगर, धनकुटा साँगुरीका हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै धनकुटा सावरीका हमालप्रसाद राई, सोही ठाँका सन्दिप राई, लखमन राई, मोरङका आशिष शर्मा, धनकुटा साँगुरीगढीका सविन राई, सोही ठाउँका नरेन्द्र न्यौपाने,विजय राई, मनिराज राई, सप्तरी महादेवको विवजय यादवको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी अन्य १० जना घाइतेका पनि रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

Related