फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गर्नेलाई धम्काउने वडा सदस्यसहित ४ पक्राउ
तपाईको प्रतिक्रिया





धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले पोखराको फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने पोखरा महानगरपालिका-६ का सदस्य दीपेन्द्र पहारीसहित प्रवीण विश्वकर्मा, अभिषेक बराल र विकास पहारीलाई शुक्रबार पक्राउ गरेको हो ।
फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता श्रवणकुमार विकले बताए ।
उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
Related