पर्वतको भगरामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
पोखरा सम्पर्क समाजले फलेवास नगरपालिका–९ को ग्रमोदय माबिको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो ।
मणिपाल शिक्षण अस्पताल पोखराको प्राबिधिक सहयोगमा समाजले स्वास्थ्य शिविरको आयोजना गरेको समाजका अध्यक्ष खडक बहादुर पौडेलले बताए ।
उनका अनुसार शिविरमा फलेवास –९ सहित आसपासका वडाका ३५० जना स्थानियहरुको स्वास्थ्य परिक्षण गरि औषधि बितरण गरिएको थियो ।
शिविरमा जनरल फिजिशियन, नाक कान घाँटी, छाला रोग र अन्य दिर्घ रोगहरु सम्बन्धि बिषेशज्ञ डक्टरहरुले सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारि, समाजका संस्थापक अध्यक्ष हुतराज गुरुङ, निबर्तमान अध्यक्ष नबिन क्षेत्री, सल्लाहाकार ओम बहादुर पौडेल क्षेत्री, गणेश क्षेत्री, फलेवास –६ का वडा अध्यक्ष नबिन श्रेष्ठसहितले मन्तब्य राखेका थिए ।
समाजका बर्तमान अध्यक्ष खडक बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष देव बहादुर पौडेल क्षेत्रिले स्वागत गरेका थिए । कार्यक्रम संचालन सचिव अग्नि भुसालले गरेका थिए ।

Related