• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /२७ मंसिर २०८०, बुधबार ०९:३६ ,  प्रकाशीत
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    विशेष सभा समारोहमा भाग लिने मौका छ । मान सम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    कृषि तथा पशुपालनमा त्यति लाभ नभएपनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले अलि सताउनेछ । व्यवसायमा केही उतार चढाव आउला । पेट र छाती सम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला । व्यापार व्यवसायमा विस्तार हुनेछ । कृषि कर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला ।सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मान सम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । साथै, धनजनको आर्जन होला । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान भने हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनु होला ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्म कर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइ लेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.