• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन सात कर्मचारी भ्रष्टाचारी ठहर

  •    शुभेच्छा न्यूज  /२९ मंसिर २०८०, शुक्रबार १४:३२ ,  प्रकाशीत
  • यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन सात कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् ।

    लाइसेन्सको परीक्षामा फेल भएकालाई पास गराएर लाइसेन्स बिक्रि गरेको भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सात जनालाई दोषी ठहर गरेको हो ।

    गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोगमाथि सुनुवाइ गर्दै विशेषले फैसला सुनाएको हो। विशेषका अनुसार भरतमणि बराल, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, मोहनमणि सुवेदी र झलक पौडेलमाथि कसुर कायम भएको हो। पौडेल तत्कालीन निमित्त कार्यालय प्रमुख र शाखा अधिकृत हुन् भने बाँकी कम्प्युटर अधिकृत र अपरेटरहरू हुन्।

    चार चैत २०७८ मा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र अधिकृत हरिप्रसाद गौतमले भने सफाई पाएका छन् ।

    उनीहरुले २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको विभिन्न मितिमा लिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका परीक्षार्थीहरुमध्ये १६६ जना परीक्षार्थीहरुलाई पास गराएका थिए ।

    २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको योगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.