पोखरामा मित्रमिलन सहकारी ठगी गरेको आरोपमा थप २ जना पक्राउ परेका छन।
पक्राउ पुर्जी जारी भएपछि भागेका स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
संस्थाका अध्यक्ष र कार्यकारी प्रमुख सुरुमै पक्राउ परेर हिरासतमा छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि सहकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए ।
सोही उजुरीपछि सहकारी रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन सहित कारबाहीका लागि प्रहरीमा फाइल पठाएको हो ।
यसअघि पनि पोखरा २२ का राजु बराल पक्राउ परिसकेका छन् ।
मित्रमिलनमा बचत गरिएको २६ करोड ८३ लाख भन्दा बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । सहकारी ठगी गरेको आरोपमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

Related