• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा रातारात राजा वीरेन्द्रको सालिक राखियो

  •    शुभेच्छा न्यूज  /९ पुष २०८०, सोमबार १२:०१ ,  प्रकाशीत
  • पोखरामा रातारात राजा वीरेन्द्रको सालिक पुनः राखिएको छ ।

    गएराती मध्यरातमा पोखरा महानगरपालिका वडा नम्बर १० स्थित बीरेन्द्रचोकमा राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक पुनर्स्थापित गरिएको हो ।

    राजावादीहरुको सहयोगमा स्थानीय जनताको सक्रियतासंगै गएराती १ बजेर ४५ मिनेटको शुभ-मुहुर्त पारेर राजा बीरेन्द्र बीर बिक्रम शाहदेबको शालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो।

    सालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेता/कार्यकर्ताको हात रहेको बताएको छ। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा सालिक स्थापना गरिएको थियो।

    क्षेत्रबहादुरलाई तत्कालीन विद्रोही माओवादीले गोली हानी हत्या गरेका थिए। राप्रपाले पोखराको पृथ्वीचोकमा पनि पृथ्वीनारायणको सालिक पुन:स्थापनाको माग गरिरहेको छ।

    पोखरा-९, पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक पनि आन्दोलनका क्रममा तोडफोड गरिएको थियो। पछि त्यहाँ प्रथम सहिद लखन थापाको सालिक राखियो।

    पृथ्वीकै सालिक राखिनुपर्ने भन्दै लखनको सालिकको तल पृथ्वीनारायणको प्रतिमा लगेर राखे पनि पोखरा महानगरले त्यसलाई हटाइदियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.