मित्र मिलन सहकारी ठगी प्रकरण : सहकारी रजिष्ट्रार कार्यालयका पूर्व रजिष्ट्रार पराजुली पक्राउ
तपाईको प्रतिक्रिया





सहकारी ठगी प्रकरणमा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकीको रजिष्ट्रार रहेको बेला पोखराको मित्र मिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा उनले १ करोड २५ लाख मागेको आरोपमा पर्वत प्रहरीले बुधवार उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
१ करोड ५ लाख लिएको बयान सहकारीका अध्यक्ष रमण पौडेलले दिएका थिए ।
त्यसकै आधारमा पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।कास्की प्रहरीले पक्राउ पुर्जी जारी भएपछि एक साता देखि उनी फरार रहेका उनी बुधवार कार्यालय गएपछि पर्वत प्रहरीले नियन्त्रणमा लिएर कास्की पठाउने बताइएको छ ।
Related