• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१२ पुष २०८०, बिहीबार ०९:२६ ,  प्रकाशीत
  • मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान पुर्याउनु होला । चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    प्रेम प्रसङ्गअघि बढ्दा पढाईमा केही कमी हुन सक्ने भएकोले संयम हुनुहोला । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । स्वास्थ्य प्रतिकूल रहेपनि हिम्मतले काम लिन सकिनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आएपनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नयाँ कामहरू पाउने योग छ । शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ । खर्च लागेपनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्राको सम्भावना छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    लेनदेनमा विवाद बढ्ने सम्भावना छ । विगतको श्रमबाट भने लाभ हुनेछ । काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । परिवारजन तथा बन्धुबान्धव बीच आत्मीय भाव बढ्नेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । दिन सामान्य रहला । गरि आएका काम र व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ । पति पत्नीबीचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुट्कारा मिल्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    सोचेको समयमा काम सम्पादन गर्न नसकिएला । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ । निर्णायक क्षमतामा कमी आउला । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्ठा कमाउने बेला छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झनेछन्, तर कसैसँग झगडा हुन सक्छ । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभएपनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएपनि प्रशस्त धन आर्जन हुने समय छ । काममा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.