सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा
तपाईको प्रतिक्रिया





सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष कैलाश कुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
अदालतमा थुनछेक बहस सकिएपछि रामेछापको लिखु तामाकोसी गाउँपालिका– ७ घर भएका दर्लामीलाई न्यायाधीश रामचन्द शर्माको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो ।
दर्लामीलाई १२ पुसमा रामेछापबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । यसअघि पक्राउ परेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई कास्की अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरणको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले १८ असोजमा जिल्ला अदालतमा सहकारी ऐन ०७४ अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।
एक हजार ३६ बचतकर्ताको एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ ठगिएको भन्दै बचतकर्ताले प्रहरीकोमा जाहेरी दिएका थिए ।
Related