पोखरा आउँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
वीरगन्जबाट पोखरा आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो।
बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।
दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।

Related