गण्डकी मेडिकल कलेजमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको घटनामा कास्की जिल्ला अदालतले कार चालकलाई पुर्पक्षका निम्ति थुनामा राख्ने आदेश गरेको छ ।
सवारी ज्यानसम्बन्धी मुद्धामा कार चालक मानबहादुर बानियाँलाई सवारी ज्यानसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यको इजलासले पुर्पक्षका निम्ति थुनामा पठाउने आदेश दिएको हो ।
गत मंसिर २४ गते पोखराको लेखनाथमा बीएए ००४१ नम्बरको कारले ग १३ प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गण्डकी मेडिकल कलेजमा अध्ययनरत् हेमजाकी २३ वर्षीया अनिशा खड्का र जिरोकिमिकी २४ वर्षीया भावना बरालको निधन भएको थियो ।
कलेजमा अध्ययनपछि घर फर्कने क्रममा पोखराबाट तालचोकतर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।
यस मुद्धामा अदालतको आदेश आउनु अघि शुक्रबार र आइतबार पीडित पक्षले अदालत परिसरमा नाराबाजी गरेका थिए । उनीहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका थिए ।

Related