• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व तत्काल घटाउन कास्की कांग्रेसको माग

  •    शुभेच्छा न्यूज  /२६ पुष २०८०, बिहीबार २०:३९ ,  प्रकाशीत
  • नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिकाभित्र बढाइएको राजश्व तत्काल घटाउन माग गरेको छ । जिल्ला सभापति किशोरदत्त बराल र महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् ।

    महानगरपालिका पोखरेली जनताको अविभावकीय संस्था भएकोले जनताको हितमा काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराइएकोे छ ।

    ‘आर्थिक वर्ष ०८०/०८१ का लागि बढाईएको राजश्व वृद्धि जनताको हितमा नभएकाले राजश्व वृद्धिमा पुनःविचार गर्न आवश्यक देखिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    नेपाली कांग्रेस, कास्की र नेपाली कांग्रेस पोखरा महानगर समितिको तर्फबाट २०८० साउन २८ मा संयुक्त प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दासमेत पोखरा महानगरपालिकाले आजसम्म पनि आवश्यक निर्णय नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

    पोखरा महानगरपालिकाको आगामी कार्यपालिका बैठक तथा नगरसभामा यस सम्वन्धमा गम्भीर अध्ययन, छलफल र वहस गरी अनावश्यक रुपमा विभिन्न शीर्षकमा वृद्धि गरिएको राजश्स्व घटाएर जनताको पक्षमा निर्णय गर्न अनुरोध गरिएकोे छ ।

    पार्टीको अनुरोधलाई वेवास्ता गरिएमा नेपाली कांग्रेस जनताको पक्षमा जस्तोसुकै दवावमूलक कार्यक्रम सञ्चालन गर्न तयार रहेको स्पष्ट पारिएको छ ।

    पोखरामा कांग्रेसबाट निर्वाचित भएका वडाध्यक्षहरुले पनि राजश्व घटाउन माग गर्दै मंगलबार बोलाइएको कार्यपालिका बैठक बहिष्कार गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.