तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न उन्मुख बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आइपिओ जारी गर्ने भएको छ ।
कम्पनीले प्रथामिक शेयर निश्काषन गर्नको लागि यहि पौष २८ गते शनिवार परियोजना प्राङ्गडमा साधारण सभा बोलाएको हो ।
साधारण सभामा नियमित एजेन्डा बाहेक विशेष प्रस्तावको रुपमा कम्पनीको आईपिओ निश्काषन गर्ने प्रस्ताबलाई पारित गरि औपचारिक रुपमा अगाडी बढ्ने तयारी भइरहेको कम्पनिका सचिव रमनमान श्रेष्ठले बताए।
आगामी वैशाखदेखि सञ्चालनमा आउने केवलकारको आइपिओका निश्कासनका लागि एसबिआई मर्चेन्टसँग सम्झौता भइसकेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित ३० लाख ६० हजार कित्ता सेयर रु ३० करोड ६० लाख रुपैयाँँ बराबरको आईपीओ निश्कासन गर्ने छ।
२ अर्ब ५५ करोड चुक्ता पुँजी रहेको कम्पनीले १२ प्रतिशतको आइपीओ सर्वसाधारणलाई खुलाएको हो ।
त्यसमध्ये २० प्रतिशत परियोजना क्षेत्रका स्थानियलाई र २० प्रतिशत प्रवासि नेपालीसहित कम्पनिका कर्मचारीलाई मिचुअल फण्ड लागि छुटाईएको सचिव श्रेष्ठले बताए ।
हालसम्म परियोजना निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको कम्पनिले जनाएको छ । यस परियोजको लागत ३ अर्ब ५८ करोड रुपियाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको कम्पनिका वित्तीय निर्देशक शिब प्रसाद शर्माले बताए ।
केबलकार बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्म एक किलोमिटर छ सय मिटर दूरीको रहेको छ ।
प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ ।
बन्दीपुर केबलकार एन्ड टुरिजमको लागत एक अर्ब ६६ करोड ८९ लाख रुपैयाँ रहेको बताइएको छ।
केबलकार र चारतारे होटल निर्माणसहित कूल तीन अर्ब रुपैयाँ लगानी हुने अध्यक्ष रामचन्द्र शर्माले बताए ।निर्माण शुरु गर्ने बेलामा गरिएको सामानको इष्टिमेटको तुलनामा निर्माण सामाग्रीको मूल्य वृद्वि भएकाले लागत बढ्न गएको हो ।यसअघि बन्दीपुर केबलकारमा एक हजार चार सय जनालाई सेयर वितरण गरेको छ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ।

Related