• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मित्रमिलन सहकारीका लेखा समिति संयोजक पक्राउ

  •    शुभेच्छा न्यूज  /२६ पुष २०८०, बिहीबार २०:१७ ,  प्रकाशीत
  • पोखरास्थित मित्रमिलन सहकारीका लेखा समिति संयोजक पक्राउ परेका छन् ।

    मित्र मिलन सहकारीमा ठगि आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सञ्चालक लेखा समिति संयोजक सूर्य अधिकारीलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

    बिजय मावि पोखरा १३, ढॅाडबेशीका शिक्षक समेत रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ ।

    अधिकारीलार्ई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । ठगी आरोपमा अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीसहित सदस्यहरु गोपाल खनाल, सल्लाहकार राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि थुनामा छन् ।

    सहकारीको कार्यक्षेत्र विस्तारका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोपमा तत्कालीन सहकारी रजिष्ट्रार तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

    सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएका पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित केही फरार छन् । ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ७ जना मात्रै पक्राउ परेका छन् ।

    उक्त सहकारीका ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जस मध्ये अझै २६ जना फरार छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.