पोखरामा पटक-पटक बालिकाको कानको मुन्द्रा चोरी गर्ने महिला पक्राउ
शुभेच्छा न्यूज /१ माघ २०८०, सोमबार १८:१७ , प्रकाशीत
एक महिला पटक-पटक चोरी गरेको आरोपमा पक्राउ परेकी छन ।
पर्वतको मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा- ४ गणेशटोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठलाई प्रहरीले ६ वर्षकी बालिकाको कानको मुन्द्रा र पैसा चोरेको आरोप प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले पुस २० गते पोखरा -१२ स्थित शीतलादेवी सामुदायिक स्कूलमा अध्ययनरत बालिकालाई ललाईफकाई कानका दुई वटा मुन्द्रा र घरमा रहेको भुद्की फोडेर २ हजार २ सय ४० रुपियाँ लुटेर भाग्दै गर्दा बरामद भएको थियो ।
उनी यस अघि बालबालिकाका सुनका गरगहना चोरी गरेको कसुरमा ९ महिना जेल बसेर २८ हजार रुपैयँ धरौटी बुझाएर निस्किएकी थिइन् ।
श्रेष्ठबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

Related