आरोपीलाई पक्रन गएका दुई जना प्रहरीमाथि चक्कु प्रहार
शुभेच्छा न्यूज /७ माघ २०८०, आईतवार १९:५८ , प्रकाशीत
श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका दुई जना प्रहरीमाथि दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका छन् ।
चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिए पछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो ।
चक्कु प्रहार गरेर कुँवर फरार भए पछिउनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related