• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कर बृद्विको विरोध गर्दै कास्की काँग्रेस पोखरा महानगरपालिकामा

  •    शुभेच्छा न्यूज  /८ माघ २०८०, सोमबार १८:३७ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीले पोखरा महानरपालिकाका प्रमुख धनराज आचार्यलाई सोमबार ज्ञापनपत्र बुझाएको छ ।

    पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि अस्वाभाविक रुपमा वढाएको करको विरोध गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

    कास्की काँग्रेसका सभापति किशोरदत्त बराल नेतृत्वमा गएको टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा अस्वाभाविक कर वृद्धि घटाउनका लागि पटक पटक अनुरोध गर्दा पनि महानगरले त्यस तर्फ उचित ध्यान नदिएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै राजश्व प्रशासनलाई व्यवस्थित र वैज्ञानिक बनाउन अनुरोध गरिएको छ ।

    ज्ञापनपत्रमा कर घटाउन माग गर्दै महानगरको राजश्व वृद्वि के कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा विभिन्न १२ बुँदे सुझाव पनि दिइएको छ ।

    सुझावहरुमा करको विषयमा सोचाइको परम्परागत घेराभन्दा बाहिर निस्कन, धेरै कर उठाउने नीति होइन धेरै करदाता सिर्जना गर्ने नीति अवलम्बन गर्न, कर बढाएर मात्रै राजस्वको बृद्धि हुदैन भन्ने गाम्भीर्यतालाई महसुुस गर्न, लगनशीलता र मितव्ययीताको परम्परालाई स्थापित गर्न र पोखराका निम्ति सपना देख्न र सपना देखाउन सुझाव दिइएको छ ।

    त्यस्तै, ्दक्ष जनशक्तिको व्यवस्थापन गर्न, समृद्धिका लागि सबै तहका सरकारसँग समन्वय गर्न, कम लगानीमा देखिने गरी विकासका काम गर्न, विकासको योजना प्राथमिकताको आधारमा तय गर्न, जनतालाई नवप्रवर्धनात्मक उद्यमशीलता र उत्पादनसँग जोड्न, बेरुजु र बाँकी बक्यौता उठाउने इमान्दार प्रयास गर्न, करको दायरा वृद्धिका लागि व्यवस्थित अध्ययन÷अनुसन्धान गर्न, पर्यटन मैत्री शिष्टाचार र संस्कारको निर्माण गर्न पनि सुझाव दिइएको छ । ।

    कास्की काँग्रेसले पोखराका प्रतिष्ठित उद्योग व्यवसायी, स्थानीय वुद्धिजिवीहरु र पार्टीका नेता तथा शुभचिन्तकहरुको राय सल्लाह र सुझावको आधारमा ज्ञापनपत्र तयार पारेको हो ।

    ‘ज्ञापनपत्रमा समेटिएका विषयहरु काँग्रेसका विषय मात्र छैनन्, पोखरेलीको भावना र आवश्यकताहरु हुन् कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले भन्नुभयो – जिम्मेबार पार्टी भएका कारण माग मात्र गरेका छैनौं, निकासका लागि सुझाव पनि दिएका छौं ।’

    कुनै व्यक्ति वा संघ संस्थाले आय आर्जन वा व्यवसाय सञ्चालन गरे बापत सरकारलाई अनिवार्य रुपमा बुझाउनु पर्ने वित्तीय शुल्क वा लेवि नै कर हो र कर सरकारको आयको मुख्य स्रोत हो र यसको उपयोग सार्वजनिक हित र समृद्धिका निम्ति गरिन्छ भन्ने कुरामा नेपाली काँग्रेस कास्की सचेत छ , ज्ञापनपत्रमा भनिएको छ ।

    ज्ञापनपत्रमा भनिएको छ – जनताबाट उठेका प्रश्नहरुप्रति नेपाली काँग्रेसको उच्च सम्मान छ । आफ्ना जनप्रतिनिधिहरुले गरेका निर्णयहरु कहिलेकाही जनताको हित अनुकूल हुन नसकेको जन गुनासो रह्यो र आफूलाई पनि त्यसको अनुभूति भयो भने नेपाली काँग्रेस जनताका निम्ति जनताकै चाहनाअनुसार आफूलाई परिमार्जित गर्दै अगाडि बढ्ने राजनैतिक संस्कारलाई स्थापित गराउन चाहन्छ ।

    नेपालको राजनीतिलाई समृद्ध बनाउन र आगामी दिनमा आफ्ना जनप्रतिनिधिहरुलाई जिम्मेवार र उत्तरदायी बनाएर जनताका पक्षमा काम गर्नका लागि थप उर्जा र प्रेरणा प्रदान गर्ने छ भन्ने कुरामा नेपाली काँग्रेस, कास्की विश्वस्त छ ज्ञापनपत्रमा भनिएको छ ।

    ज्ञापनपत्र बुझ्दै मेयर आचार्यले करलाई पुनराअवलोकन गर्नका लागि समिति गठन गरेको बताए । समितिले दिएको सुझाब अनुसार कार्यान्वयन गर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.