लायन्स डिस्ट्रिक्ट ‘जे’ को पोखरामा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र
शुभेच्छा न्यूज /१६ माघ २०८०, मंगलवार १७:५६ , प्रकाशीत
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालले दोस्रो राष्ट्रिय महाधिवेशन आगामी चैत्र ३ गते पोखरामा हुने भएको छ ।
लायन्स क्लव अफ पोखरा गण्डकीको अगूवाइमा हुन लागेको महाधिबेशनको तयारी तीव्ररुपमा अगाडी बढाइएको क्लवले जनाएको छ ।
महाधिबेशनको मिति नजिकिएसंगै डिस्ट्रिक्टका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीलाई महाधिबेशनका झण्डै ४० भन्दा बढी कमिटि बनाएर जिम्मेवारी तोकी तयारीलाई बित्र पारिएको लायन्स क्लब अफ पोखरा गण्डकीका पूर्व अध्यक्ष एवं महाधिबेशन मुल आयोजक कमिटिका संयोजक पूजन शाक्यले जानकारी दिइन् ।
महिलामात्र सदस्य मात्र भएको संसारकै पहिलो क्लव गण्डकीको आतिथ्यतामा आगामी चैत ३ गते पोखरा सभागृहमा महाधिवेशनमा करिब २ हजार हजार प्रतिनिधिले भाग लिने आयोजक क्लका पूर्व अध्यक्ष बिमला श्रेष्ठले बताइन ।
महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न जिम्मेवारी पाएका कमिटिहरुले उत्साहपूर्वक आफ्नो काम अगाडी बढाएको संयोजक शाक्यले बताइन । उनले भनिन्,‘महाधिवेशनलाई सफल पार्न कमिटिमा रहेका जिम्मेवार पदाधिकारीसहित सम्पूर्ण लायन्स तथा लियो क्लब लागि रहेका छन । यस महाधिबेशनमा कायन्सका साथै विभिन्न संघ, संस्थाहरुको समेत सहयोग रहेको छ ।’
उनले लायन्स महाधिवेशनले पोखराको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताइन् ।
पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गर्न लागिएको महाधिवेशनमा पर्यटन क्षेत्रका सबै संघ संस्थाले आकर्षक छुट सहितको प्याकेज घोषणा गरेको शाक्यले बताइन् ।
महाधिवेशनमा सहभागिताको लागि दर्ता शुल्क २ हजार ५ सय कायम गरिएको छ । लियो क्लबका लागि १ हजार दर्ता शुल्क तोकिएको छ । महाधिवेशन गर्न २५ देखि ३० लाख सम्म खर्च लाग्ने अनुमान गरिएको उनले जानकारी दिइन् ।
हाल यस डिस्ट्रिकको गभर्नरमा हरिप्रसाद मरहठ्ठा रहेका छन भने आगामी बर्षका लागि यसै महाधिबेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
निवर्तमान डिस्ट्रिक्ट गभर्नर ध्रुव श्रेष्ठले महिला क्लबहरुको व्यवस्थापनमा हुने महाधिवेशन भव्य र सभ्य हुने बताए । उनले महाधिवेशनलाइ केन्द्रीत गरेर पोखरा क्षेत्रमा गठित विभिन्न समिति मार्फत कार्य अगाडी बढाइएको बताए ।
निर्वबर्तमान गभर्नर समेत रहेका श्रेष्ठले महिलाहरुको क्लवले अधिबशनको आयोजना गरेपनि उनीहरुलाइ लायन्सका साथै सम्पूर्ण पोखरेलीको साथ र सहयोग रहने विश्वास ब्याक्त गरे ।
फर्स्ट भाइस गभर्नर मिलन थापाले लायन्सको विधि र प्रक्रियामार्फत प्रजातान्त्रीक प्रक्रियाबाटै आगामी नेतृत्व चयन हुने बताइन ।
लायन्स क्लब अफ पोखरा गण्डकी अध्यक्ष बबी शेरचन, पूर्व अध्यक्ष शारदा पराजुली, लगायतले लायन्सको महाधिवेशन तयारीबारे बोलेका थिए ।

Related