• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बाँदर नियन्त्रण गर्न पोखरामा ‘मेरो रूख म काट्छु अभियान’ थालेपछि बिरोध

  •    शुभेच्छा न्यूज  /१६ माघ २०८०, मंगलवार १२:०६ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका-१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न आग्रह गरेपछि त्यसको व्यापक आलोचना भएको छ ।

    पोखरा-१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार सूचना निकालेर वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न आग्रह गरेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ ।

    सो वडाले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख म काट्छु’ अभियान संचालन गर्ने सूचना प्रकाशन गरेको थियो । रुख काटेर बाँदर नियन्त्रण सम्भव नहुने र उल्टै बन बिनास भएर पर्यावरणीय जोखिम बृद्धि हुने भन्दै यो अभियानको विरोध पनि सुरु भएको छ ।

    वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा महानगरपालिका साविक लामाचौर, पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित भएकोले पनि बाँदर नियन्त्रण लागि १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आ-आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन अनुरोध गरिएको छ ।

    वडाले सोमबार जारी गरेको सूचना सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

    वडाध्यक्ष पाण्डेले तत्कालका लागि अन्य प्राथमिक उपाय नदेखिएकोले रुख काट्ने विकल्प अपनाइएको बताए ।

    पाण्डेले बाँदरले घरमा खानको लागि पकाएर राखेको भातको कसौडी नै लगिदिने रमान्छेलाई नै आक्रमण गर्न थाले पछि अन्य उपयुक्त विकल्प केही नदेखिनकाले रुख काट्न लागिएको बताएका छन ।

    वडास्तरीय समितिले गरेको निर्णयका आधारमा रुख काट्न लागिएको बताए । यस्तै, सो क्षेत्रका सबै रुख काट्ने नभइ घर छेउका ठूला रुख र बाँसका झ्याङ काट्न लागिएको उनको भनाइ छ ।

    सो क्षेत्रका सबै रुख काट्ने नभइ घर छेउका ठूला रुख र बाँसका झ्याङ काट्न लागिएको उनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.