रवि लामिछाने लगायतका ब्याक्ति बिरुद्ध कास्की प्रहरीमा जाहेरी
शुभेच्छा न्यूज /२२ माघ २०८०, सोमबार २१:३५ , प्रकाशीत
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको आरोपमा अनुसन्धानको माग गर्दै पीडितहरूले जाहेरी दिएका छन्।
बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति, कम्पनी र सहकारी विरुद्ध आज सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी
दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले जानकारी दिए।
सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्।
सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।
प्रहरीले पुर्पक्षका लागि थुनामा रहेका आइटी अफिसर भगेश्वर अर्याललाई कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको छ। समितिका संयोजक किरण श्रेष्ठले यसमा कुनै पनि व्यक्तिमाथि पूर्वाग्रह नभएको बताए।

Related