पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा भण्डारी पक्राउ
शुभेच्छा न्यूज /२३ माघ २०८०, मंगलवार ०९:१४ , प्रकाशीत
पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन् ।
मालेपाटन बस्ने भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्राध्यापकसमेत रहेका भण्डारीलाइ आज अदालतमा पेस गरेर अनुसन्धान अगाडि बढाइने बताइएको छ ।
उनी पनि सहकारीका पदाधिकारीसँगको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग गरेको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको भनाइ छ ।
तर, भण्डारीले भने पदाधिकारीको मिलेमतोमा आफ्नो कागजात र नाम कीर्ते गरेको दाबी गर्दै आएका छन् ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्टार कार्यालयका पूर्वरजिष्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ ।
मित्रमिलन सहकारीको करिब २७ करोड रकम हिनामिना पारेको आरोपमा पोखरा -२१ का वडाध्यक्ष दीपक सुवेदीसहित सहकारीका उपाध्यक्ष विजय लम्साल, सहकारीका पूर्वलेखा समिति सदस्य अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायत ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
जसमध्ये हालसम्म २५ जना फरार सूचीमै छन् । पक्राउ परेका लेखा समिति संयोजक सूर्य अधिकारीलाई भने अदालतले धरौटीमा छोडेको छ ।

Related