• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /२४ माघ २०८०, बुधबार ०९:३४ ,  प्रकाशीत
  • मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएको काम बन्नुका साथै आजको दिन नयाँ काम प्रारम्भ हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् भने अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । टाढाको यात्रा पनि हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रम्नुहुनेछ ।

    बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): केही खर्च लागे पनि आज चिताएको काम बन्नेछ । तथापि, सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । आरोग्यताका साथै साहस वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ ।

    मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अस्वस्थताका बीच कामको बोझ बढ्ने समय छ । आज कुनै अवसर प्राप्त भए पनि इर्ष्यलुजनले अवरोध गर्न सक्छन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । कुरा लगाउनेहरू सक्रिय होलान् । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । तपाईंको विवेकले समस्याको समाधानमा सहयोग गर्नेछ । यात्रा सफल होला ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुने समय छ । तर, अर्काको भर पर्दा काममा धोका हुन सक्छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । व्यापार ब्याबसायमा भने राम्रै फाइदा हुने योग छ । अरुको भर नपरी आफ्नै पौरख देखाउने प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामान्यतया दिन राम्रै रहेको छ । नयाँ काममा हात हाल्ने योग छ । अध्ययन तथा अध्यापनमा प्रगति होला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । पराक्रम बढ्नेछ । कलात्मक काममा सफलता हासिल होला ।

    कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

    तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने समय छ । विशेष अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने योग छ । अनायसै खर्च पनि हुन सक्छ । सानातिना घरेलु काममै अल्झनुपर्ने दिन छ । रसरागमा भने आकर्षण रहला । योजना र बजेट बनाएर मात्र काममा हात हाल्नुहोला ।

    बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ । तथापि, अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । दाम्पत्यसुख बढ्नेछ ।

    धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विशिष्ट व्यक्तित्वको सहयोगबाट विशेष अवसर प्राप्त हुने समय छ । दिगो आम्दानी हुने काम सुरु हुनेछ भने प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । काम र पदको आशा देखाउनेहरूले फसाउन सक्ने योग पनि रहेकोले आज विशेष चनाखो रहनु हितकर हुनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

    मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ, तर आजको दिन खास अनुकुल नरहन सक्छ । आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । यसका बाजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । सन्तानको सुख प्राप्त होला । दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले दुःख पाइएला । नियमित कामकै चिन्ताले सताउन सक्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । रचनात्मक कार्य बन्नेछ ।

    मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन राम्रो छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुन सक्छ । मेहनत गर्दा अवसर पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । पहिलेका सहयोगीहरूले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ । आरोग्यता र रसरागको भाव वृद्धि होला । सामर्थ्य र साहस बढ्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.