रक्सी खाएर झगडा गर्दा एक युवाले आफ्नै साथीलाई भीरबाट धकेलेर हत्या
शुभेच्छा न्यूज /२५ माघ २०८०, बिहीबार २१:४१ , प्रकाशीत
रक्सी खाएर झगडा भए पछि एक युवाले बागलुङमा आफ्नै साथीलाई भीरबाट धकेलेर हत्या गरेका छन्।
गुल्मीको मुसिकोट नगरपालिका-१ घर भएका राजु भन्ने तेजेन्द्र महतले बागलुङको गल्कोट नगरपालिका -९ बडागाउँका २४ वर्षीय नबिन जैसीलाई भीरबाट धकेलेर हत्या गरेका हुन्।
हाल गल्कोट नगरपालिका-९ गल्याङस्थित एक रेस्टुरेन्टमा काम गर्दै आएका महत र जैसी सोही रेस्टुरेन्टमा संगै बसेर रक्सी खाएका थिए।
रक्सी खाए पछि बिबादका कारण महतले जैसीलाई मंगलबार राती नजिकको भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
जैसीको हत्यामा संलग्न रहेको आरोपमा महत पक्राउ गरि ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Related