• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग्ने २ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /२५ माघ २०८०, बिहीबार १७:३२ ,  प्रकाशीत
  • पोखरामा ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४ का दीपकबहादुर क्षेत्री छन्। उनीहरू दुबै जना पोखरा–८ सिमलचौरबाट बुधबार पक्राउ गरिएको हो ।

    उनीहरूले पोखरा–१६ लामाचौरका सच्चाई सेवा केन्द्र संचालक तथा सच्चाई केन्द्र नेपालका अध्यक्ष प्रकाशदीप गैरेलाई ज्यान मार्ने धम्की दिएर ५ करोड फिरौती माग गरेको प्रहरीले जनाएको छ।

    पक्राउ परेका दर्जी र क्षेत्रीका साथबाट भारतीय सिमकार्ड १ थान, नेपालको एनसेलको सिमकार्ड ३ थान, एनटिसीको सिमकार्ड ५ थान र मोबाइल ४ सेट पनि बरामद गरेको छ।

    अभियुक्तद्वयबाट ५ सय ७२ ग्राम गाँजा, भरुवा बन्दुकमा लाग्ने केप २७ थान लगायत पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दर्जी र क्षेत्री गैरेका बारेमा बुझ्न माघ १३ गते सच्चाई केन्द्र गएर गैरेको फोन नम्बर पत्ता लगाएका थिए।

    प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दर्जी र क्षेत्रीले माघ १८ गते पहिलो पटक फोन र म्यासेजमार्फत धम्की दिएर ५ करोड माग गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.