पोखरामा सरकारी छाप र जरायोको सिङसहित नेविसंघका नेतासहित ३ जना पक्राउ परेका छन् ।
महेन्द्रपुलस्थित ब्लु ह्वेल होम डेकोरबाट छाप र जरायोको सिङसहित पृथ्वीनारायण क्याम्पसका नेविसंघका पूर्व सभापति सलिश (सतिश) बास्तोला, सुजन गिरी र विवेक श्रेष्ठलाई पक्राउ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी एवं डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
उनीहरूको साथबाट छाप बनाउन प्रयोग भएको मेसिन, मनिटर र सिपियु बरामद भएको छ।
सरकारी कागजात किर्ते गर्ने गतिविधि गरेको आशंकासहित उनीहरूलाई कास्की जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा १० दिन म्याद थपेर अनुसन्धान सुरु भएको डीएसपी विकले जानकारी दिए ।

Related