प्रहरी जवान तिलक सुनार प्रतिबन्धित लागुऔषध सहित नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ परेका छन् ।
जाजरकोट भेरी नगरपालिका वडा नम्वर ४ घर भएका सुनारलाई भारतको रुपैडियाबाट लागुऔषध लिएर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले पक्राउ गरेको हो ।
सुनारले प्रतिबन्धित लागुऔषध ६ सय ट्याब्लेट ट्रामाडोल नामक लागुऔषध बरामद भएको ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक (सई) नविन रिजालले जानकरी दिए ।
काठमाडौ उपत्यका प्रहरी शुरक्षा गण त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान सुनार पैदल हिडेर आउँदै गर्दा लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्जको टोलीले चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध बरामद भएको हो ।

Related