अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् ।
गैरकानूनी रूपमा कल बाइपास गरेको गोप्य सूचनाका आधारमा कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा ११ फूलबारी बस्ने २७ वर्षका इमरान अहमद र सोही ठाउँ बस्ने ३७ वर्षका विशाल साह कलवार छन् ।
उनीहरूको साथबाट ६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने २ वटा उपकरण, १२८ वटा सीमकार्ड, वर्ल्ड लिंकको राउटर, एउटा युपिएस, एक्टेन्सन कर्ड, नेट फाइवर, पेन ड्राइभ, २ वटा मोवाइल र ५९७ वटा एनसेलको सिम बरामद भएको छ ।

Related