खाल्डोमा गाडिएको अवस्थामा १२ वर्षीय बालककाे शव निकालिएकाे छ।
वीरगञ्ज-१३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दीलिप मण्डल धानुकको शव निकालेको प्रहरीले जनाएको छ ।
दीलिपकाे शव भेटिएपछि वीरगञ्ज-१२ मुर्ली निवासी बालकका बुवा शम्भु महतो धानुक र आमा सवितालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूले प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शव गाडेको हुँदा घटना शंकास्पद देखिएको छ।
बिहीबार बालकका बुवा शम्भु महतो धानुक र आमा सविता कामबाट साँझ घर फर्किँदा दीलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाहा नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुवा शम्भुले स्वीकार गरेका छन्।
दीलिप लागुपदार्थको कूलतमा फसेर मोबाइललगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफूहरु कामका लागि बाहिर जाँदा कोठामै थुनेर जाने गरेको बुवाले प्रहरी समक्ष बयान दिएका छन्।

Related