• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स डिष्ट्रिक्क ‘जे’ को गभर्नरमा थापा निर्वाचित

  •    शुभेच्छा न्यूज  /४ चैत्र २०८०, आईतवार ११:१२ ,  प्रकाशीत
  • लायन्स क्लव अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको डिष्ट्रिक्ट गभर्नरमा मिलन थापा चुनिएकी छन् । शनिवार पोखराकोमा सम्पन्न दास्रो महाधिवेशनबाट थापा डिष्ट्रिक्ट गभर्नरमा चुनिएकी हुन् ।

    डेढ दशक बढी लायन्सको यात्रामा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएकी थापा लायन बर्ष २०२४÷ ०२५ का लागि डिष्ट्रिक्ट गभर्नर बन्न सफल भएकी हुन् । उनी लायन्स क्लब अफ पोखरा सेती गण्डकीको पूर्व अध्यक्ष हुन् ।

    महिला उद्यमी थापा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन् । लायन्समा उनी सन् २०१० बाट आबद्ध हुँदै विभिन्न पदमा रहेर काम गरिसकेकी छन् ।

    विगत १४ वर्षदेखि अनवरत रूपमा सक्रिय रहदै डिष्ट्रिक्टका विभिन्न पदमा रहेर सफलताका साथ आफÞना जिÞम्मेवारी सम्हाल्दै आएकी थापालाई डिष्ट्रिक्ट ३२५ जे नेपालको भाईस डिष्ट्रिक्ट गभर्नर पदमा लायन्स क्लब अफ पोखरा सेती गण्डकीले दुई बर्ष अघि प्रस्तुत गरेको थियो ।

    थापा सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गरिसकेकी छन् ।

    कन्भेन्सनबाट डिष्ट्रिक्टको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मिलन बाबु मल्ल निर्वाचित भएका छन् । मल्ल लायन्स क्लब अफ काठमाडौं बनस्थलीका पूर्व अध्यक्ष हुन् ।

    डिष्ट्रिक्टको द्वितीय भाइस गभर्नरमा प्रजापति बास्तोला निर्वाचित भएका छन । उनी लायन्स क्लब अफ पोखरा चौतारीका पूर्व अध्यक्ष हुन् ।

    यसैबीच गभर्ननरमा निर्वाचित मिलन थापाले आफूलाई विश्वास गरी गभर्नर निर्वाचित गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी छन् ।

    उनले आफ्नो कार्यकाल महिला उद्यमशीलता तथा युवाहरुलाई लक्षित गरी लागू औषध न्युनीकरण अभियानमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

    त्यस्तै थापाले आफ्नो कार्यकालका लागि डिष्ट्रिक सचिबमा कृष्ण बहादुर अधिकारीलाइ मनोनित गरेकी छन । अधिकारी पोखरा चौतारीका पूर्व अध्यक्ष हुन ।

    त्यस्तै डिष्ट्रिक ट्रेजररमा कल्पना थापा र चिफ एडभाइजरमा कुश मालीलाइ गभर्नर थापाले मनोनीत गरेकी छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.