• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्सको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

  •    शुभेच्छा न्यूज  /२६ चैत्र २०८०, सोमबार १२:०४ ,  प्रकाशीत
  • गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पु¥याएको योगदान अनुकरणीय रहेको बताएका छन् /

    पोखरामा शनिबार आयोजित लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एम नेपालको दोस्रो महाधिवेशनका प्रमुख अतिथि भट्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पु¥याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकारसहित सबैका लागि उदाहरणीय रहेको बताए ।

    क्लबका असल अभ्यासको अनुशरण र सहकार्य गर्नुपर्ने खाँचो औंल्याउँदै प्रमुख भट्टले नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, भूकम्पपीडितलाई सहायता जस्ता राम्रो काम गरिरहेको उल्लेख गरे ।

    ‘समाज परिवर्तनको लागि लायन्स क्लबहरुले सामूहिक रुपमा महत्वपूर्ण भुमिका पनि निर्वाह गरिरहेकोमा खुशी प्रकट गर्दछु । लायन्सले मानवीय एवं प्राकृतिक विपत्तिमा सहयोग गरी ठूलो गुन लगाएको छ ।’ प्रमुख भट्टले भने– ‘अनवरत र व्यवस्थित रुपमा मानवीय सेवा गर्दै आउनुभएकोमा हार्दिक बधाई दिन चाहान्छु । यस्तै पवित्र कार्य निरन्तर चलिरहोस् भनी कामना गर्दछु ।’

    लायन्स क्लब अन्तर्राष्ट्रिय कोषबाट करिव २४ करोडको सहयोगमा रुवेलाको विरुद्धमा खोप, नेपालका दूरदराजमा गएर करिव २० वर्षसम्म आँखाका बिरामीहरु पहिचान गरी निःशुल्क शल्यक्रिया लगायतका सेवाहरु उपलब्ध गराएको कार्य प्रशंसनीय रहेको भट्टको भनाई छ ।

    लायन्सले नेपालमा २०७२ सालमा गएका महाभुकम्पमा क्षतिग्रस्त स्थानहरुमा पुगी ठूलो सहयोग गरी समाज सेवाको अनुकरणीय कार्य गरेको स्मरण पनि उनले गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.