गण्डकीका मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधिकारीको नियुक्ति बदर माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको हो।
अधिकारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेसी तोकिएको छ।
अधिकारीले सभामुखसमेतको समर्थन लिएर आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी गरेका थिए।
Related