• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संघीयता र विकासका लागि तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट

  •    शुभेच्छा न्यूज  /२८ चैत्र २०८०, बुधबार १७:०४ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

    स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ ।

    जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने,‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सेवा सुविधा दिनुपर्छ । संघीयता बलियो बनाउनुपर्छ । मुलुकमा विकास गर्नुपर्छ ।’

    जनतासँग सबैभन्दा नजिक रहेको स्थानीय सरकार सुशासनयुक्त हुनुपर्नेमा पनि प्रदेश प्रमुख भट्टले जोड दिए ।

    स्थानीय तहबीच आपसी समन्वयको खाँचो औंल्याउँदै उनले सम्बन्ध प्रभावकारी बनाउन व्यवस्था गरिएको जिल्ला समन्वय समितिकोे कार्य प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा जोड पनि दिए ।

    जिल्ला समन्वय समितिले जिल्ला भित्रका संघीय प्रादेशिक सरकारी कार्यालय र पालिकाहरू बिच समन्वय गर्ने, विकास निर्माण कार्यमा सन्तुलन भए नभएको अध्ययन अनुसन्धान गरी संघ, प्रदेश र पालिका सरकारलाई सुझाव र प्रतिवेदन दिने, वार्षिक समीक्षा कार्यक्रमहरू गरी राय सुझाव दिने लगायतका कार्यहरू तोकिएकाले सोहि अनुसार गर्न पनि अनुरोध गरे ।

    कास्की जिल्ला पर्यटनको हिसाबले अग्रणी जिल्ला रहेको र यसै जिल्लाको पोखरालाई हालै नेपाल सरकारले पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा पर्यटकीय स्थलहरुको स्तरोन्नति, ग्रामीण पर्यटनको प्रवर्द्धन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको प्रचारप्रसार र उचित व्यवस्थापन गर्नका लागि यहाँका पाँच वटै स्थानीय तहबी साझा कार्यक्रम, समन्वय हुनुपर्नेमा पनि भट्टले जोड दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.