पोखरामा साहसिक खेल सेवा प्रदायक कम्पनी हाइग्राउण्ड एड्भेन्चरले नयाँ बर्षसंगै सावर बन्जी सञ्चालनमा ल्याएको छ ।
कम्पनीले पोखरा २५ हेम्जामा बन्जी, जिपलाइन, स्वइङ लगाएतका विभिन्न खेल सेवा दिंदै आएको कम्पनीले करिब ५० लाख रुपैयाँको थप लगानीमा सावर बञ्जी संचालनमा ल्याएको हो । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ ।
कम्पनीले आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बञ्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जन बताउँछन् ।
पर्यटन व्यवसायी, पत्रकार र नेपाल पर्यटन बोर्डलगायत सरकारी संस्थाका प्रतिनिधिको उपस्तिथिमा सावर बञ्जीको भोलि चैत २८ गते उद्घाटन गरिने महर्जनले जानकारी दिए ।
६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बञ्जी बुक गर्न सकिने छ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा छ ।
नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्न गरेको कम्पनीका प्रबन्ध निर्देशक महर्जनले बताए । उनले सावर बञ्जी पर्यटकलाई रमाईलो प्रडक्ट हुने बताए ।
सावर बञ्जीमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने छन् । बञ्जीको क्रममा ८२ मिटर माथिबाट हाम फालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् ।
कम्पनीमा महर्जनका सहित शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवालको लगानी छ । हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ पोखरामा सेवा दिदै आएको छ ।
हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बञ्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बञ्जी जम्प सुरू गरेको थियो ।
क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बञ्जी पनि हो । यसमा जोडी अंगालो मारेर बञ्जी गर्ने ‘टेन्डम बञ्जी’ पनि नेपालमा हाइग्राउडले नै सुरू गरेको हो जुन अहिले युवायुवतीबीच निकै आकर्षणको केन्द्र बनेको छ ।
कम्पनीले नेपालमै पहिलो पटक जायन्ट स्वीङ निर्माण गरेको छ । खोलाबाट २ सय ६२ फिट माथि ९८ फिटको टावर निर्माण गरिएको छ । टावरमा रहेको डोरीमा स्वीङ खेल्ने व्यक्तिलाई झुन्ड्याइन्छ । कुर्सीमा बसे जसरी र सुपरम्यान शैलीमा खेल्न सकिने स्वीङ एक्लै, जोडीमा वा तीन जनासम्म एकैपटक बसेर खेल्न मिल्छ ।
एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सक्ने कम्पनीले जनाएको छ । आगामि दिनमा थप साहसिक पर्यटनका क्षेत्रमा लगानी बढाउने योजनामा कम्पनि रहेको जनाएको छ ।

Related