• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डुङ्गा व्यवसायीसंग प्रहरीको सुरक्षात्मक प्रशिक्षण सहितको अन्तरक्रिया सम्पन्न

  •    शुभेच्छा न्यूज  /३ बैशाख २०८१, सोमबार १५:४७ ,  प्रकाशीत
  • पोखराको फेवातालमा डुङ्गा व्यवसाय संचालन गर्ने ब्यसायीसंग प्रहरीले सुरक्षात्मक प्रशिक्षणसहितको अन्तरक्रियाको आयोजना गरेको छ ।

    सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा फेवा तालमा संचालनमा रहेका डुङ्गा व्यवसायी र चालकहरुसँग अन्तरक्रियाका साथै मादक पदार्थ चेकजाँच कार्यक्रमको आयोजना गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्मा र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

    स्थानिय, समाजसेवी, आन्तरिक पर्यटक, डुङ्गा व्यवसायमा आबद्ध ब्यवसायीको उपस्थितीमा भएको कार्यक्रममा हाल बिग्रदो मौसममा अपनाउनु पर्ने सावधानी, हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाईफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुङ्गा दुर्घटनामा अपनाउनु पर्ने सावधानीका उपाय लगायका वारेमा अन्तरक्रिया गरिएको थियो ।

    अन्तरक्रिया पछि २५ जना डुङ्गा चालकहरू मादक पदार्थ सेवन चेकजाँच गरिएकोमा १ जनाले मादक पदार्थ सेवन गरेको भेटिएपछि उनलाई आवश्यक कारवाहीको लागी डुङ्गा व्यवसायी संघमा पठाइएको प्रहरीले जनाएको छ ।

    अन्तरिक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी नायब निरिक्षक होत बहादुर रोकाले सहजिकरण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.