साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ ।
पङ्गेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो । जण्डिस र निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
पङ्गेनी कास्कीको रुपा गाउँपालिका -५ देउराली निवासी हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिँनौ’ जस्ता गीत चर्चित छन् ।
उनको बुधबार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।

Related