• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको क्याविनेट बिस्तार

  •    शुभेच्छा न्यूज  /१२ बैशाख २०८१, बुधबार १७:०१ ,  प्रकाशीत
  • लायन्स क्लव अन्तराष्ट्रि डिष्ट्रिक्ट ३२५ ‘जे’ नेपालको क्याविनेट बिस्तार गरिएको छ ।

    चैत्रको पहिलो साता पोखरामा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएसंगै सानो क्याविनेट बनाएकी ईलेक्ट गभर्नर मिलन थापाले बुधबार गण्डकी धौलागीरि क्षेत्रका लायन लिडरहरुलाइ क्याविनेटका विभिन्न पदहरुमा मनोनित गरेकी हुन् । अब, बागमती क्षेत्रमा मनोनय गरेपछि लायन बर्ष २०२४÷२५ ले पनि पूर्णता पाउने छ ।

    गभर्नर थापाले डिष्ट्रिकका लागि यस अघि सेक्रेटरी, ट्रेजरर, चिफ एडभाइजर, एनएलएफ चिफ लगायत केही पदमा मनोनयन गरिकामा बुधबार को–चिफ एडभाइजर, एडभाइजर, जिएलटी, जिएसटी जिएमटी,डिष्ट्रिक चिफ, कोचिफ,अफिसर, रिजन, जोन चियर पर्सन र चेयर पर्सन लगायतका पदमा मनोनयन गरेकी हुन्।

    गत चैत ३ गते पोखरामा सम्पन्न दोस्रो अधिवेशनले लायन बर्ष २०२४÷०२५ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा मिलन थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा मिलन बाबु मल्ल र द्वितीय भाइस गभर्नर पदमा प्रजापति बस्तोलालाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

    निर्वाचित भए पश्चात डिष्ट्रिक्ट गभर्नर थापाले लायनबर्ष २०२४÷०२५ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको केही पदमा मनोनयन गरेकी थिइन । उनले डिष्ट्रिक्टको महत्वपूर्ण पद क्याविनेट सेक्रेटरीमा कृष्ण बहादुर अधिकारी, क्याबिनेट ट्रेजरर कल्पना थापा, डिष्ट्रिक्ट चिफ एडभाईजर कुश माली लगाएतलाई मनोनित गरेकी थिइन ।

    दास्रो चरणको क्याविनेट मनोनयन कार्यक्रममा गभर्नर थापालले लायन बर्ष २०२४÷०२५ उत्कृष्ट बनाउनका लागि सम्पुर्ण लायन सदस्यहरूले समाज सेवाका क्षेत्रमा बिशिष्ठ खालका सामाजीक कार्यहरु गनु पर्ने बताईन। उनले क्याविनेटमा मनोनयन गरिएका कसैलेपनि पद मागेको नभइ स्वत स्पूmर्तरुपमा आपूmले नै जिम्मेवारी तोकेको उल्लेख गरिन । उनले भनिन, ‘मैले क्याविनेटमा मनोनितहरुको तयारी थाल्दै गर्दा कसैले पनि यो, पद चाहियो भनेर भन्नु भएन ।मैले केही संग राय लिदा तपाईले दिएको जुनसुकै जिम्मेवारी दिएपनि कार्य गछौैं भन्ने प्रतिबद्धता पाएँ । त्यसैले मैले क्याविनेटका विभिन्न जिम्मेवारीमा मैले मनोनयन गरेको हुँ । सवैले जिम्मेवारी स्वता स्र्फूत स्किारर्नु भएको छ।’

    गभर्नर थापाले मनोनित क्याविनेटका पदाधिकारीहरुलाई स्थानिय सरकारसंगको सहकार्यमा सामाजिक कार्य अगाडी बनाउने योजना रहेको बताउदै सोही अनुसार सहकार्य गरेर अगाडी बढ्ने योजना बनाउन आग्रह गरिन । उनले आगामी कार्यकालमा समाजमा सकारात्मक प्रभाब पार्ने खालका कार्य गर्ने योजना बताएको उल्लेख गरिन ।

    कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर हरि मरहठ्ठाले गभर्नर थापासहितको टीमलाई आगामी कार्यकालका लागि हातेमालो गरि सहयोग गर्न सम्पूर्ण लायन्स लिडरहरुलाई आग्रह गरे ।

    पुर्व डिष्ट्रिक गभर्नर ध्रुब थापाले आगामी लायन बर्षलाइ उत्कृष्ट बनाउनका लागि सर्व मनोनित पदाधिकारीहरु सक्रिय भएर लाग्नु पर्ने बताए ।

    उनले सामाजिक कार्य गर्नका लागि मनोनित पद बाधक नबन्ने उल्लेख गर्दै जिम्मेवारी पूर्वक सामाजिक कार्यलाइ अगाडी बढाउन आग्रह गरे ।

    पुर्व मल्टिपल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठले गभर्नर थापाको कार्यकाललाइ उत्कृष्ट बनाउन सम्पुर्ण लायन लिडरहरु सक्रिय भएर लाग्नु पर्ने उल्लेख गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.