• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स न्यूरोड चौतारीको मृगौला पीडित विरामीलाई आर्थिक सहयोग

  •    शुभेच्छा न्यूज  /१३ बैशाख २०८१, बिहीबार ०९:२० ,  प्रकाशीत
  • लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले मृगौला पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ ।

    एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय न्यूरोड चौतारीले एक कार्यक्रमको आयोजना गरि मृगौला संक्रमित विरामीलाई ३० हजार नगद आर्थिक सहयोग गरेको हो ।

    पर्वतको बिहादी गाउँपालिका –६ घर भएकी मृगौला पीडित बिरामी भगवती श्रेष्ठको उपचारार्थ ३० हजार आर्थिक सहयोग गरिएको क्लवका अध्यक्ष अर्जुन कुमार पौडेलले बताए ।‘दुवै मृगौला संक्रमण भएपछि नियमित डाइलाइसिस गराउदै आएकी श्रेष्ठलाई आर्थिक अभाव भएको जानकारी आएपछि क्लले नगद रकम सहयोग गरेको हो’,पौडेलले भने,‘बिरामीलाई सानो भएपनि उपचार गाराउन सहयोग होस भनेर क्लवका साथीहरुबाट संकलित नगद आर्थिक सहयोग स्वयं उहाँलाइ नै हस्तान्तरण गरेका हौं।’

    कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं जोन चियर पर्सन शिवराज बरालले न्यूरोड चौतारीले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गर्दै अध्यक्षको अगूवाइमा मृगौला संक्रमित बिरामीका लागि आर्थिक सहयोग गरिएकोमा प्रसंसा गरे ।

    क्लवका संथापक एवं पूर्व अध्यक्ष बलराम बडालले न्यूरोड चौतारीले सन २०१२ मा स्थापना भएदेखि समाज सेवाका क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए । उनले आगामी दिनमा पनि क्लवले सेवाका क्षेत्रमा निरन्तर कार्य गर्ने उल्लेख गरे ।

    कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ‘जे’ नेपालको विभिन्न जिम्मेवारीमा रहेका नरहरि पौड्याल, दिपकराज घिमिरे,कृष्ण बहादुर लम्साल,इलेक्ट अध्यक्ष माधव बस्ताकोटी, सचिब वेद प्रसाद अधिकारी, हरी पन्थी, दिनेश तुलाधर, चुल प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    लायन्स न्यूरोड चौतारीको मृगौला पीडित विरामीलाई ३० हजार आर्थिक सहयोग

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.