• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कलेजका विद्यार्थी लिएर गएको बस दुर्घटना, २१ घाइते

  •    शुभेच्छा न्यूज  /१८ बैशाख २०८१, मंगलवार १५:३५ ,  प्रकाशीत
  • कलेजका विद्यार्थी लिएर काठमाडौँबाट मुक्तिनाथ दर्शन गर्न मुस्ताङ गएको बस मुस्ताङको वारागुङ मुक्तिक्षेत्र कागबेनीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

    प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुबाहक बस मुक्तिनाथबाट जोमसोम फर्किने क्रममा मंगलबार कागबेनीमा दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङले सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जनाएको छ ।

    बसमा चालकसहित ३० जना सवार रहेका थिए । दुर्घटनामा परेर घाइते भएकालाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुर्याएका छन् ।

    घाइतेहरुको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको छ । बसको ब्रेकफेल भएपछि बिच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.