• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१५ जेष्ठ २०८१, मंगलवार ०९:१२ ,  प्रकाशीत
  • आजको राशिफल

    मेषः आज स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन । शरीरको कुनै पनि अंग दुख्ने, चोटपटक लाग्ने सम्भावना छ, यात्रामा ज्यादै सतर्क रहनु आवश्यक छ ।

    वृषः आज आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

    मिथुनः आज आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ । यात्रा भने सावधान भएर गर्नु अत्यन्तै राम्रो हुनेछ ।

    कर्कटः आज लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

    सिंहः आज पनि समय ज्यादै फाइदाको रहेको छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

    कन्याः आज आँखामा एक्कासि समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसँंगको भेटघाटन समेत विफल हुने देखिएको छ ।

    तुलाः आज जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला । समग्रमा भन्नुपर्दा हाज समय शुभ रहेको छैन । प्रत्येक काममा व्यर्थैमा लगानी गर्नुभन्दा गरिरहेको पेशालाई यथावत नै रहन दिनु उचित हुनेछ ।

    वृश्चिकः आज आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला । समय शुभ रहेकाले समयको महत्व बुझेर अघि बढेमा लाभ मिल्नेछ । यात्रा पनि शुभ रहनेछ ।

    धनुः आज चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाबसम्बन्धी रोग एक्कासि देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।

    मकरः आज सबै प्रकारले शुभ रहेको छ । पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसँगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।

    कुम्भः आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज उत्तर दिशाको यात्रा ठीक छैन ।

    मीनः आज स्वास्थ्य ठीकठाक रहनेछ । गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । तपाईं महिला पुरुष जो भए पनि आज नराम्रो आरोप लाग्न सक्छ । त्यसकारण जो कसैसंग लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन ।

    ज्यो. हरि पन्त

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.