पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंगलबार राती पोखरा -५ फिर्केपुल नजिकै सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुदा चालकको मृत्यु भएको हो ।
बा ४८ प ९५७९ नम्बरको मोटरसाइकलमा बागलुङ बसपार्कबाट जिरो किमितर्फ आउँदै गर्दा बाग्लुङ नगरपालिका -१२ अमलाचौरका ४१ वर्षीय गणेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

Related