• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

छाडा पशुचौपायाको व्यवस्थापन गर्न माछापुच्छ्रे बैंकद्वारा १० लाख सहयोग

  •    शुभेच्छा न्यूज  /७ असार २०८१, बिहीबार २०:५३ ,  प्रकाशीत
  • माछापुच्छ्रे बैंकले पोखरा १४ बाच्छीवुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम (गौशाला) लाई नगद १० लाख सहयोग गरेको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सडकमा छोडिएका पशुचौपायालाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासंघको काममा बैंकका तर्फबाट सहयोग गरिएको निर्देशक रोशन केसीले बताए ।

    छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने केसीको विश्वास छ ।

    गौशालालाई सहयोग उपलब्ध गराएर संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्न पाएकोमा खुसी लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।

    निर्देशक केसी, प्रमुख कार्यकारी अधिकृत कोइराला र बैंककी प्रमोटर प्रेमकुमारी केसीले उक्त रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले गौशाला रहेको क्षेत्रमा वृक्षरोपणसमेत गरेका छन् ।

    राष्ट्रिय परोपकार महासंघका संस्थापक एवं गोकुलधामका परिकल्पनाकार पण्डित कमलनयन गौतमले बैंकप्रति आभार प्रकट गरे ।

    बैंकले गरेको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वबापत नगद १० लाख निकै महत्वपूर्ण रहेको उनले जनाए ।

    बोलीमा मात्र सीमित गौसेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले सरोकारवाला सबैलाई घच्घच्याउनका लागि गोकुलधामको प्रारम्भ गरिएको उनको भनाइ छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.